भोटेकोशी बाढीमा बेपत्ता सोनालालको ‘कुशको शव’ बनाएर दाहसंस्कार

वीरगन्जः भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भएका पर्साको पोखरिया नगरपालिका–७ रानीगञ्जका सोनालाल पण्डितको अवस्था ६ दिनसम्म अज्ञात भएपछि परिवारजनले सोमबार कुशको आकृति बनाएर अन्तिम संस्कार गरेका छन्। परिवारले धार्मिक परम्पराअनुसार कुशको प्रतीकात्मक आकृति बनाएर दाहसंस्कार गरेका हुन् ।
पण्डित नुवाकोटको देवीघाटमा बसेर काम गर्दै आएका थिए । बाढीपछि उनी परिवारको सम्पर्कमा छैनन् । परिवारले पण्डितको खोजीका लागि अनुरोध गरिरहेका छन् ।







