जीतपुरसिमरा १६ को नतिजा रोचकः एमालेका खरेल दुई भोटले वडाध्यक्षमा विजयी


eShilalekh

४ जेष्ठ २०७९, बुधबार १०:३०

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. १६ मा नेकपा एमालेका उम्मेदवार हरिदेव खरेल दुई भोटले वडाध्यक्षमा निर्वाचित भएका छन् ।

झिनो मतान्तरसहित अध्यक्षमा निर्वाचित भएका खरेलले एक हजार चार सय ५४ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी केदारनाथ बजगाईले एक हजार चार सय ५२ मत प्राप्त गरेका छन् ।

बजगाई अघिल्लो स्थानीय तह निर्वाचनमा निर्वाचित वडाध्यक्ष हुन् । उनले खरेरसंग झिनो मतले पराजय व्यहोरे । यता रोचक जित हात पारेका खरेलको भने प्यानलनै निर्वाचित भयो ।

खरेल निर्वाचित वडामा नेकपा एमालेको महिला सदस्यको उम्मेदवार सोममाया रिमाल, दलित महिला सदस्य पवित्रा माया कार्की, सदस्य प्रेमबहादुर गोले तामाङ र हेमबहादुर बुर्जा मगर निर्वाचित भए ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ को अन्तिम मतपरिणामः
नेकपा एमाले
प्रमुखः १४३४
उपप्रमुखः १४१७
वडाध्यक्षः १४५३
महिला सदस्यः १४३१
दलित महिला सदस्यः १४६२
खुल्ला सदस्यः १३६६
खुल्ला सदस्यः १३१४

गठबन्धन
प्रमुख (माओवादी): १६९८
उपप्रमुख (कांग्रेस): १०२२

नेपाली कांग्रेस
वडाध्यक्षः ९३३
महिला सदस्यः ८०४
दलित महिला सदस्यः ६७६
खुल्ला सदस्यः ७१७
खुल्ला सदस्यः ७६३

नेकपा माओवादी केन्द्र
वडाध्यक्षः १४५१
महिला सदस्यः १३४५
दलित महिला सदस्यः १३३५
खुल्ला सदस्यः १३०६
खुल्ला सदस्यः १२३४

राष्ट्रिय प्रजातन्त्र पार्टी
प्रमुखः १३०
उपप्रमुखः १८७

प्रतिक्रिया दिनुहोस्