सिमरास्थित नेरामाविद्वारा सामाजिक परीक्षण तथा अभिभावक भेला सम्पन्न


eShilalekh

१५ भाद्र २०८३, सोमबार २१:११

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका-२ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराको सामाजिक परीक्षण कार्यक्रम एक विशेष अभिभावक भेलासहित विद्यालयको सभाहलमा सम्पन्न भएको छ । आर्थिक वर्ष २०८२/८३ मा विद्यालयले सम्पादन गरेका शैक्षिक तथा भौतिक प्रगति, आय-व्यय विवरण एवम् समग्र गतिविधिको विषयमा अभिभावक तथा सरोकारवाला पक्षलाई जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, सामाजिक परीक्षण समिति तथा विद्यालयका विभिन्न प्राविधिक समितिका प्रमुख एवम् प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सामाजिक परीक्षणका क्रममा विद्यालयका सहायक प्रधानाध्यापक डम्बर खड्काले आर्थिक वर्ष २०८२/८3 को वित्तीय विवरण प्रस्तुत गरेका थिए । । प्रस्तुत प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा विद्यालयले ३ करोड ८९ लाख ३३ हजार २ सय ६३ रुपैयाँ आम्दानी गरेकोमा ३ करोड ७५ लाख ७२ हजार ४ सय ९२ रुपैयाँ खर्च भएको छ।

अभिभावकहरूबाट संकलन गरिएको सहयोग रकम र विभिन्न संघसंस्थाबाट प्राप्त सहयोग नै आम्दानीको मुख्य स्रोत रहेको तथा सो रकम दैनिक प्रशासनिक कार्य र निजी स्रोतमा कार्यरत शिक्षकहरूको पारिश्रमिकमा खर्च भएको जानकारी गराईएको छ । विद्यालय सञ्चालन र विकासका लागि जीतपुरसिमरा उपमहानगरपालिका तथा वडा नम्बर २ को कार्यालयबाट नियमित शैक्षिक अनुदान, विभिन्न संस्थाहरूबाट सामाजिक उत्तरदायित्व अन्तर्गत भौतिक सहयोग प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्