रसुवा बाढीः सिमरास्थित हातेमालो सहकारीद्धारा एक लाख ५१ हजार सहयोग


eShilalekh

१६ भाद्र २०८३, मंगलवार १६:४८

सिमराः रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि बाराको सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाले एक लाख ५१ हजार एक सय ५५ रुपैयाँ सहयोग गरेको छ । बाढीबाट भएको विपद् व्यवस्थापनमा टेवा पुर्याउने उदेश्यसहित संस्थाले उक्त रकम सहयोग गरेको हो ।

संस्थाका अध्यक्ष रामचन्द्र पौडेलले सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहँदै संकटको यो घडीमा बाढी पीडितहरूको घाउमा मलम लगाउने प्रयास स्वरुप उक्त सहयोग गरिएको बताए । उनले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जानकारी दिए ।

गत भदौ १० गते रसुवा जिल्लामा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । बाढीले थुप्रै घरपरिवार विस्थापित भएका छन् भने भौतिक संरचनामा समेत ठूलो पुगेको छ । प्रभावित क्षेत्रमा हाल उद्धार तथा राहतका कार्यहरू जारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्