रसुवा बाढी प्रभावितका लागि भायानेटद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग

सिमराः इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन्स लिमिटेडले हालै रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्ति तथा परिवारहरूको राहत र पुनर्स्थापनाका लागि २० लाख रुपैयाँ सहयोग गरेको छ।
भायानेटले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने उक्त रकमको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको छ । प्राकृतिक विपत्तिबाट प्रभावित समुदायलाई तत्काल राहत पुर्याउन र उनीहरूको पुनरुत्थान प्रक्रियामा सहयोग पुर्याउने उद्देश्यले सहायता उपलब्ध गराइएको भायानेटले जनाएको छ।
सुवामा आएको बाढीले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै कम्पनीले उक्त कोषमार्फत हस्तान्तरण गरिएको रकमले बाढीपीडितहरूका लागि खाद्यान्न, अस्थायी आवास, स्वास्थ्य सेवा तथा अन्य अत्यावश्यक सामग्री व्यवस्थापनमा मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ ।
देशभर उच्च गतिको इन्टरनेट र डिजिटल सेवाहरू प्रदान गर्दै आएको भायानेटले यसअघि पनि विभिन्न सामाजिक, शैक्षिक तथा प्राकृतिक विपद् व्यवस्थापनका क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ ।







