करैयामाई गाँउपालिकाको अध्यक्ष र उपाध्यक्षमा जसपा विजयी


eShilalekh

६ जेष्ठ २०७९, शुक्रबार २३:५४

सिमराः बाराको करैयामाई गाँउपालिकामा जनता समाजवादी पार्टीका उम्मेदवार शम्भुप्रसाद यादव र सुनैना चौधरी निर्वाचित भएका हुन् । यादव अध्यक्ष र चौधरी उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

यादवले निकटतम प्रतिस्पर्धी कांग्रेसका निवर्तमान अध्यक्ष भुनेश्वर चौधरीलाई २ हजार १ सय ९८ मतले पराजित गरेका हुन् । पराजित चौधरी अघिल्लो स्थानीय तह निर्वाचनबाट गाँउपालिका अध्यक्षम निर्वाचित भएका थिए । यादवलाई ५ हजार ५९८ र चौधरीलाई ३ हजार ४ सय मत प्राप्त भएको थियो ।

यसैगरी उपाध्यक्षमा जसपाकी सुनैना चौधरीले निकटतम कांग्रेसकी चित्ररेखा चौधरीलाई २ हजार २६७ मतले पराजित गरेकी हुन् । सुनैनाले ५ हजार ४ सय ३९ मत प्राप्त गरिन् भने चित्ररेखाले ३ हजार १ सय ७२ मत प्राप्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्