जीतपुरसिमरा-४ औराहमा सर्पको डसाइबाट एक महिलाको मृत्यु


eShilalekh

१ आश्विन २०८३, बिहीबार १२:३०

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका-४ औराहमा बिहीबार बिहान सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४२ वर्षीया मञ्जु बञ्जारा रहेकी छिन् ।

बिहान करिब पाँच बजे घर अगाडि काम गरिरहेको अवस्थामा बञ्जारालाई सर्पले डसेको थियो । उनलाई तत्कालै वीरगन्जस्थित नारायणी अस्पताल लगिएपनि उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्