गठबन्धनलाई पराजित गर्दै निजगढमा एमाले विजयी


eShilalekh

७ जेष्ठ २०७९, शनिबार ००:१७

सिमराः गठबन्धनलाई पराजित गर्दै बाराको निजगढ नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नगरपालिकाको मेयर पदमा सुरथ परी र उपमेयरमा सोममाया थिङ्ग विजयी भएका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको गठबन्धनका उम्मेदवारहरुलाई पराजित गर्दैै एमाले विजयी भएको हो । मेयरमा निर्वाचित हुने क्रममा पुरीले नौ हजार चार सय ७५ मत प्राप्त गरे भने गठबन्धनका उम्मेदवार सुरेशकुमार खनालले आठ हजार ६ सय ५९ मत प्राप्त गरे ।

यसैगरी उपमेयरमा एमालेकी सोममाया थिङ्गले आठ हजार ६ सय ५९ मत प्राप्त गर्दा गठबन्धनका रविराज दङ्गालले आठ हजार पाँच सय १८ मत प्राप्त गरेका छन् ।

२०४२ सालदेखि पकड जमाउदै आएको निजगढमा एमालेले अघिल्लो स्थानीय तह निर्वाचनमा नगर प्रमुख पद भने गुमाउनु परेको थियो । १३ वटा वडा रहेको निजगढमा २०७४ सालको निर्वाचनमा उपप्रमुखसहित ८ वडा अध्यक्ष एमालेले जितेको थियो । प्रमुख पदमा भने नेपाली काग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट चुनाव लडेका सुरेश खनाल नै विजयी भएका थिए । यो निर्वाचनमा पनि गठबन्धनबाट प्रतिस्पर्धी रहेका खनाललाई एमालेका पुरीले परानित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्