सिम्रौनगढ नगरपालिकामा लोसपा विजयी


eShilalekh

७ जेष्ठ २०७९, शनिबार ००:२२

सिमराः बाराको सिम्रौनगढ नगरपालिकामा नेपाली कांग्रेसलाई पराजित गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार मेयर र उपमेयरमा विजयी भएका छन् ।

मेयरमा किशोरी साह र उपमेयरमा नजमु शेहर विजयी भएका हुन् । साहले १ हजार ८ सय २६ मतले निकटम प्रतिद्वन्द्वी कांग्रेसका वीजयशंकर यादवलाई पराजित गरेका हुन् । यादव अघिल्लो स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका थिए भने साह पराजित भएका थिए ।

यादवले ९ हजार ३ सय ११ मत प्राप्त गर्दा लोसपाका साहले ११ हजार १ सय ३७ मत प्राप्त गरे । साह यसअघि यादवसित पराजित भएका थिए ।

यसैगरी उपमेयरमा नजमु शेहर ९ हजार ५ सय ७३ मत गर्दै विजयी भएकी छिन् । उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रीता कुसवाहालाई पराजित गरेकी हुन् । शेहरले कुसवाहालाई १ हजार ५ सय २३ मतले पराजित गरेकी हुन् । कुसवाहाले ८ हजार ५० मत प्राप्त गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्