सप्तरीमा २१ क्विन्टल लागूऔषध गाँजासहित दुई जना पक्राउ


eShilalekh

४ आश्विन २०८३, आईतवार १३:१३

सप्तरी: सप्तरी प्रहरीले २१ क्विन्टल लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका ६ फतेपुर टोलका करिब ७४ वर्षीय भोला सदा र ५६ वर्षीय मंगल मुखिया रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरीक्षक प्रमोद कुमार साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले सूचनाको आधारमा सदा र मुखियाको घरमा खानतलासी गरेको थियो।

प्रहरीका अनुसार खानतलासी गर्दा सदाको घरबाट ५६ पोका र मंगल मुखियाको घरबाट ८ पोका गरी जम्मा ६४ पोका गाँजा बरामद भएको हो । बरामद पदार्थको तौल करिब २१ क्विन्टल ३७ ग्राम रहेकोे छ ।

बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्