गठबन्धनलाई पराजित गर्दै कलैयामा एमाले उम्मदेवार विजयी


eShilalekh

७ जेष्ठ २०७९, शनिबार ००:४०

सिमराः बाराको कलैया उपमहानगरपालिकाको नगर प्रमुख र उपप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । पाँच दलीय गठबन्धनको साझा उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै प्रमुखमा विनोद साह र उपप्रमुखमा रौशन परविन निर्वाचित भएका हुन्।

साहले २४ हजार एक सय ३९ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार राजेश राय यादवले १८ हजार पाँच सय ४० मत प्राप्त गरेका छन् । यादव निवर्तमान नगर प्रमुख समेत हुन् । उनि अघिल्लो स्थानीय तह निर्वाचनमा साहलाई थोरै मतले पराजित गर्दै नगर प्रमुखमा निर्वाचित भएका थिए । साह नेकपा एमाले बाराका अध्यक्ष र यादव नेपाली कांग्रेस बाराका सभापति समेत हुन् ।

यसैगरी उपप्रमुखमा निर्वाचित परविनले १९ हजार दुई ५१ मत प्राप्त गरिन् भने उनको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका प्रमोदप्रसाद गुप्ताले १८ हजार तीन सय दुर्ए मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्