त्रिभुवन विमानस्थलबाट सुनसहित बाराका एक युवक पक्राउ


eShilalekh

८ आश्विन २०८३, बिहीबार १४:४९

सिमरा: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित बाराका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला बारा पचरौता नगरपालिका–१ पिपरपाटी निवासी अन्दाजी ३३ वर्षीय अनिस अन्सारी रहेका छन्।

कतारको दोहाबाट कतार एयरलाइन्समार्फत काठमाडौँ आएका यात्रुलाई प्रयोग गरी सुन ओसारपसार तथा कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले कारबाही अघि बढाएको थियो। सोही क्रममा प्रहरीले ७९.६ ग्राम सुनको गरगहनासहित अन्सारीलाई नियन्त्रणमा लिएको हो।

अन्सारीसँगै सोही रुटबाट आएका भारतीय नागरिक ४२ वर्षीय मोहम्मद चेरा थोडीको गतिविधि पनि शंकास्पद देखिएपछि जाँच गर्दा उनको साथबाट ५३६ ग्राम सुन फेला परेको प्रहरीले जनाएको छ।

बरामद सुनसहित पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्