कांग्रेस कोल्हबी नगर सभापतिमा चौधरी सर्वसम्मत्


eShilalekh

९ आश्विन २०८३, शुक्रबार १९:०६

सिमराः नेपाली कांग्रेस कोल्हबी नगर समितिको सभापतिमा वसन्त चौधरी सर्वसम्मत् चयन भएका छन् । कोल्हबी नगरपालिका–१ स्थित बीपी स्मृति भवनमा शुक्रबार सम्पन्न अधिवेशनले चौधरीको नेतृत्वमा नगरको कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपसभापतिमा रवीन्द्र चौधरी, उपसभापति (महिला) मा गंगा सुवेदी, सचिवमा रामबाबु चौधरी, सहसचिव बीरबहादुर लामा र कोषाध्यक्षमा रामेश्वर थापा चयन भएका छन् ।

समितिको सदस्यहरूमा हरिवंश चौधरी, बालेश्वर चौधरी, गणेशराज भारती, सुभाष मैनाली, विश्वनाथ राम र रामाधार साह कानु चयन भएका छन् । युवा सदस्यतर्फ रमेश खाँ र वसन्त चौधरी तथा दलित सदस्यतर्फ ललिता कुमारी रामलाई चयन गरिएको छ । बाँकी सदस्य भने निर्वाचित सभापतिले मनोनयन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्