पहिरोले पुरएिर धनुषामा एक महिलाको मृत्यु

जनकपुरधाम: धनुषामा आइतबार बिहान वर्षासँगै आएको पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ। मिथिला नगरपालिका-११ स्थित आँपगाछी टोलका राजन श्रेष्ठको एक तले घरमाथि अचानक पहिरो खसेको हो ।
पहिरोमा परी ४२ वर्षीया कमला श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरो खस्न थालेपछि घरमा रहेका परिवारका अन्य चार जना सदस्यले भने भागेर ज्यान बचाउन सफल भएका छन् ।







