लालबकैया नदीमा हाम फालेका युवक मृत फेला


eShilalekh

११ आश्विन २०८३, आईतवार १६:५३

रौतहटः रौतहटको मौलापुर नगरपालिकास्थित लालबकैया पुलबाट नदीमा हाम फालेका युवक शनिबार बेलुका मृत अवस्थामा फेला परेका छन् । बाराको सिम्रौनगढ नगरपालिका ११ कटहरिया टोलका २७ वर्षीय सचिन्द्र यादव मृत अवस्थामा फेला परेका हुन् ।

दाइ सिकिन्द्र यादवसंग उपचारका लागि गरुडातर्फ जाँदै गरेका उनी अचानक मोटरसाइकलबाट ओर्लिएर पुलबाट खोलामा हाम फालेका थिए ।

घटना लगत्तै इलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक भरत केसीे र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प देवाही गोनाहीबाट सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर नेपालीको नेतृत्वमा गोताखोरसहित संयुक्त टोली परिचालन गरी खोजी कार्य तीव्र पारिएको थियो ।

खोजीको क्रममा उनी फतुवा विजयपुर नगरपालिकास्थित लालबकैया नदी किनारमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्