उपकार सेवा नेपालद्वारा पर्साको पोखरियाका दुई विद्यालयलाई पंखा सहयोग


eShilalekh

११ आश्विन २०८३, आईतवार १७:०२

वीरगञ्ज: पर्साको पोखरिया नगरपालिकास्थित दुईवटा विद्यालयलाई उपकार सेवा नेपालले पाँच थान पंखा सहयोग गरेको छ।

गर्मी मौसममा विद्यार्थीलाई सहज र अनुकूल वातावरणमा अध्ययन तथा पठनपाठन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले वडा नम्बर ६ स्थित श्री दलित उत्थान प्राथमिक विद्यालय, सिर्सिया र वडा नम्बर ८ स्थित ने.रा. प्राथमिक विद्यालय, बैरिया बिर्ता, मननपुरलाई सो सामग्री हस्तान्तरण गरिएको हो।

लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुद्दीन शमानीको पहल तथा सामाजिक संस्था उपकार सेवा नेपालको सहकार्यमा उक्त सहयोग जुटाइएको हो। आइतबार आयोजित एक कार्यक्रमका बीच उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, संस्थाकी संरक्षक पद्मा देवी सरावगी, प्रधानाध्यापक विजय पटेल तथा समाजसेवी प्रकाश थारूको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक रामअयोध्या रौनियार लगायतलाई पंखा हस्तान्तरण गरिएको थियो।

कार्यक्रमका समन्वयकर्ता शमानीले विद्यालयमा आवश्यक भौतिक सुविधाको अभावका कारण बालबालिकाको पठनपाठन प्रभावित नहोस् भन्ने मुख्य उद्देश्यले गर्मीको समयलाई मध्यनजर गर्दै विद्यार्थीहरूका लागि सहज र शान्त वातावरण तयार पार्न पंखा उपलब्ध गराइएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्