धनुषा: लागूऔषध ब्राउनसुगरसहित एक युवक पक्राउ, प्रहरीद्वारा एक राउण्ड हवाई फायर


eShilalekh

११ आश्विन २०८३, आईतवार १९:२५

धनुषाः धनुषाको विदेह नगरपालिका वडा ८ बफैबाट प्रहरीले करिब २०.३४ ग्राम लागूऔषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय अजय मण्डल रहेका छन् ।

धनुषा प्रहरीको क्राईम ब्रान्चबाट खटिएको विशेष टोलीले आइतवार बेलुका उनलाई नियन्त्रणमा लिने क्रममा एक राउण्ड हवाई फायर समेत गरेकोे छ ।

प्रहरीले मण्डलको साथबाट लागूऔषध ब्राउनसुगरका साथै उनी चढेको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ । यस घटनामा लागूऔषधको कारोबार तथा अन्य व्यक्तिको संलग्नताबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्