पचरौता नगरपालिकाको प्रमुख र उप्रमुखमा एमाले विजयी


eShilalekh

१० जेष्ठ २०७९, मंगलवार १६:१३

सिमराः पचरौता नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नगरपालिकाको प्रमुखमा जलन्धर सिंह जैसवार र उपप्रमुखमा नसिमा खातुन विजयी भएका हुन् ।

नगर प्रमुखमा निर्वाचित सिंहले चार हजार सात सय ३२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी जनता समाजवादी पार्टीका रमेश कुमार यादवले चार हजार चार सय ६१ मत पाएका छन् । निवर्तमान नगर प्रमुख समेत रहेका यादवलाई सिंहले दुई सय ७१ मतले पराजित गरेका हुन् ।

अघिल्लो निर्वाचनमा यादव नगर प्रमुखमा निर्वाचित हुदा सिंह पराजित भएका थिए । उक्त निर्वाचनमा सिंह नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए ।

यसैगरी उपप्रमुखमा निर्वाचित एमालेकी खातुनले चार हजार पाँच सय ३८ मत प्राप्त गरिन् । उनको निकटतम प्रतिद्धन्दी सगुफा खातुनले चार हजार एक सय ६३ प्राप्त गरेकी छिन् । एमालेकी खातुन तीन सय ७५ मतले जित हात पारेकी हुन् ।

पचरौताको अन्तिम परिणाम आएसंगै बाराको १६ वटै पालिकाको मतगणना सकिएको छ । अन्तिम मतपरिणाम अनुसार नेकपा एमालेले पाँच, कांग्रेसले चार, जसपाले तीन, लोसपाले दुई, नेकपा माओवादी केन्द्रले र विवेकशील साझा पार्टीले एक–एक स्थानमा जित हात पारेका छन् ।

कलैया उपमहानगरपालिका
प्रमुखः विनोद साह (एमाले)
उपप्रमुखः रौशन परविन (एमाले)

जीतपुरसिमरा उपमहानगरपालिका
प्रमुखः राजन पौडेल (गठबन्धन–माओवादी केन्द्र)
उपप्रमुखः भोला प्रसाद अधिकारी (एमाले)

निजगढ नगरपालिका
प्रमुखः सुरथ पुरी (एमाले)
उपप्रमुखः सोममाया थिङ (एमाले)

पचरौता नगरपालिका
प्रमुखः जलन्धर सिंह जैसवार (एमाले)
उपप्रमुखः नसिमा खातुन (एमाले)

प्रसौनी गाँउपालिका
अध्यक्षः विनोद प्रसाद जैसवाल (एमाले)
उपाध्यक्षः किरण देवी (एमाले)

परवानीपुर गाँउपालिका
अध्यक्षः रामक्षत्री प्रसाद कुर्मि (एमाले)
उपाध्यक्षः सुगान्धी देवी कनुइन (एमाले)

कोल्हबी नगरपालिका
प्रमुखः रामप्रसाद चौधरी (कांग्रेस)
उपप्रमुखः लक्ष्मी कुमारी चौधरी (कांग्रेस)

महागढीमाई नगरपालिका
प्रमुखः उपेन्द्रप्रसाद यादव (कांग्रेस)
उपप्रमुखः तारादेवी कानु (कांग्रेस)

सुवर्ण गाँउपालिका
अध्यक्षः राजेश प्रसाद यादव (कांग्रेस)
उपाध्यक्षः पुनम कुमारी (कांग्रेस)

आदर्श कोतवाल गाँउपालिका
अध्यक्षः जवाहर प्रसाद (कांग्रेस)
उपाध्यक्षः मिरा देवी (कांग्रेस)

करैयामाई गाँउपालिका
अध्यक्षः शम्भु प्रसाद यादव (जसपा)
उपाध्यक्षः सुनैना कुमारी चौधरी (जसपा)

बारागढी गाँउपालिका
अध्यक्षः अशोककुमार जयसवाल (जसपा)
उपाध्यक्षः लक्ष्मी देवी राय (जसपा)

देवताल गाँउपालिका
अध्यक्षः उदयप्रसाद यादव (जसपा)
उपाध्यक्षः सितापती देवी यादव (जसपा)

सिम्रौनगढ नगरपालिका
प्रमुखः किशोरी प्रसाद कलवार (लोसपा)
उपप्रमुखः नजमु शेहर (लोसपा)

बिश्रामपुर गाँउपालिका
अध्यक्षः जुल्फिकार अलि भुटो (लोसपा)
उपाध्यक्षः प्रियंका देवी (लोसपा)

फेटा गाँउपालिका
अध्यक्षः रुस्तम अंसारी (विवेकशील)
उपाध्यक्षः निलम साह (विवेकशील)

प्रतिक्रिया दिनुहोस्