कांग्रेस नेता मन्सुरले गरे उपसभापतिमा मनोनयन दर्ता

सिमराः काठमाडौंमा जारी नेपाली कांग्रेसको १५औं महाधिवेशनमा चुनावी माहोल तातेको छ । महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मनोनयन दर्ता गराउने क्रममा नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले उपसभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
२०४६ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय मन्सुर बारा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रभावशाली नेता हुन् । पार्टी र सरकारका विभिन्न जिम्मेवारी सम्हाल्दै आएका उनले सभापति गगन थापा नेतृत्वमा रहेर काम गर्दै आएका थिए ।
उनी दुई पटक मन्त्री भईसकेका छन् ।







