वीरगन्जमा ईभीको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु


eShilalekh

२१ आश्विन २०८३, बुधबार १७:३५

वीरगन्ज:  वीरगन्जमा विद्युतीय सवारी (ईभी) को ठक्करबाट बुधबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज-१६ नगवा की ४५ वर्षीया मिरा कुमारी गुप्ता रहेकी छन् ।

प्रहरीका अनुसार वीरगन्जबाट पथलैयातर्फ जाँदै गरेको बा.प्र.०३-००१ ज ०७२० नम्बरको ईभीले पैदल हिँडिरहेकी गुप्तालाई ठक्कर दिएको थियो । दुर्घटनामा उनको टाउको, दाहिने खुट्टालगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो ।

दुर्घटनामा घाइते गुप्ताको वीरगन्जस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले जानकारी दिए ।

दुर्घटनापछि प्रहरीले ईभी र सिन्धुलीको कमलामाई नगरपालिका-२ निबुवाटारका ६० वर्षीय चालक रामकुमार कार्कीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्