नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका-१२ को वडा अधिवेशन सम्पन्न


eShilalekh

२० आश्विन २०८३, मंगलवार १८:४१

सिमराः नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १२ को वडा अधिवेशन मंगलबार सम्पन्न भएको छ। एमालेका पूर्व पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा आयोजित अधिवेशनले मनोजकुमार रायको अध्यक्षतामा २१ सदस्यीय नयाँ वडा कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा रवीन्द्र दास बानियाँ, सचिवमा शेष कलाम तथा उपसचिवद्वयमा प्रतिमा कुमारी र सविता भट्टराई चयन भएका छन् । यसैगरी सदस्यहरूमा बेनवा खाँ थारु, सुरेश यादव, रामबाबु चौधरी, जगदिश माझी, भरत अधिकारी, राजु धामी, जयराम गौतम, अस्मिता रेग्मी, रुक्मिनी चौधरी, शेष आजम, श्यामबाबु खाँ र भुलन अन्सारीलगायत रहेका छन् ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै पूर्वमन्त्री पुरुषोत्तम पौडेलले पार्टी संगठनलाई सुदृढ र जनमुखी बनाएर लैजानुपर्नेमा जोड दिए । कार्यक्रममा एमाले पूर्व केन्द्रीय सदस्य सरस्वती चौधरी, मधेस सचिव मनोज पौडेल, मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, मधेस प्रदेश सदस्यद्वय किशोर शर्मा र ईश्वर ढकाल, जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, जिल्ला कमिटी सदस्य सिमा ठकुरी, नगर कमिटी अध्यक्ष त्रिलोक विक्रम शाह, जीतपुरसिमरा-१२ का वडाध्यक्ष श्यामबाबु खाँ, नगर कमिटी सचिव रवीन्द्रराज भण्डारीलगायतका नेताकार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कक्षा पाँचदेखि एसईईसम्म उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्