जीतपुरसिमरा महिला फूटबल: आज एपीएफ र आर्मीबीच उपाधि भिडन्त


eShilalekh

२४ आश्विन २०८३, शनिबार १३:१०

सिमरा: जीतपुरसिमरा महिला फूटबल प्रतियोगिताको उपाधिका लागि शनिबार साँझ साविक विजेता नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब आमनेसामने हुँदैछन् । सिमरा रंगशालामा दुई टोलीबीचको फाइनल भिडन्त साँझ ६ बजेदेखि सुरु हुनेछ ।

अघिल्लो संस्करणको फाइनलमा पनि यिनै दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । उक्त रोमाञ्चक खेलमा आर्मीलाई २-१ ले पराजित गर्दै एपीएफले उपाधि जितेको थियो । यसपटक पनि साविक विजेता एपीएफ सोही लय दोहोर्‍याउने दाउमा छ भने आर्मी अघिल्लो हारको बदला लिँदै नयाँ इतिहास रच्ने दाउमा मैदान उत्रिनेछ ।

प्रतियोगिताको सेमिफाइनलमा आयोजक टोलीलाई १५-० को फराकिलो गोल अन्तरले स्तब्ध बनाउँदै आर्मीले उपाधि भिडन्त पक्का गरेको हो । एपीएफले भने अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २-१ ले पाखा लगाउँदै फाइनलको यात्रा तय गरेको थियो ।

फाइनल खेलअघि प्रतिक्रिया दिँदै आर्मीकी कप्तान दिपा राईले यसपटक उत्कृष्ट प्रदर्शन गर्दै नयाँ इतिहास रच्ने बताइन् । एपीएफकी कप्तान अनिता बस्नेतले उच्च मनोबलका साथ मैदानमा उत्रिएर उपाधि रक्षा गर्ने दाबी गरिन् ।

प्रतिक्रिया दिनुहोस्