जीतपुरसिमरामा करेन्ट लागेर एक महिलाको मृत्यु


eShilalekh

२४ आश्विन २०८३, शनिबार १६:३०

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१४ स्थित बेहरीमा करेन्ट लागेर शनिबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय रामचन्द्र महतोकी ४५ वर्षीया श्रीमती सिरिया देवी रहेकी छिन् ।

उनलाई आफ्नै घरको सरसफाइ गर्ने क्रममा करेन्ट लागेको थियो । प्रहरीका अनुसार घरको पछाडि सरसफाइ गरिरहेका बेला नाङ्गो तार समाउन पुग्दा उनलाई करेन्ट लागेको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएकी महतोलाई उपचारका लागि सिमरास्थित सिटी स्टार अस्पताल ल्याइएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्