जीतपुरसिमरा नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

सिमराः जीतपुरसिमरा नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिता शनिबार सुरु भएको छ । पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयको कभर्ड हलमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलाले गरेका थिए । प्रतियोगिता शुभारम्भ गर्दै निरौलाले शारीरिक र मानसिकरुपमा स्वस्थ रहनका लागि खेलकुद अपरिहार्य रहेको बताए ।

उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयका समादेशक वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक नानीराम हुमागाईं, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद चापागाईं, सशस्त्र प्रहरी नायब उपरीक्षक भुलबहादुर थापा, जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख यादवराज आचार्यलगायत उपस्थित रहेका थिए ।
प्रतियोगितामा २४ जना खेलाडी सहभागी छन् । समूह ‘ए’ डमरुप्रसाद निरौला, कृष्णप्रसाद चापागाईं, यादवराज आचार्य, चित्रप्रसाद आचार्य, विनोद खरेल, दीपेन्द्र बुढाथोकी, शिवनाथ यादव, अर्जुन थापा, ताराप्रसाद बोहोरा, प्रेमबहादुर बर्तौला, बिक्रम केसी र गंगा चौधरी छन् ।

यसैगरी समूह ‘बी’ मा दीपक मानन्धर, युवराज राउत, मनिष धौजु, भविराम राई, नवराज श्रेष्ठ, पासाङ लामा, देवेन्द्रप्रसाद मैनाली, रुपेश न्यौपाने, बिराज थापा, दिनेश बस्नेत, शालिकराम श्रेष्ठ र दुतबहादुर तामाङ रहेका छन् ।








