सिम्रौनगढमा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक महिलाको मृत्यु, तीन जना घाइते


eShilalekh

२५ आश्विन २०८३, आईतवार ०८:४१

सिमराः बाराको सिम्रौनगढमा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक महिलाको मृत्यु भएको छ भने घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका-६ की ३७ वर्षीया रिजवाना खातुन रहेकी छिन् ।

दुर्घटनालगत्तै उनलाई कलैयास्थित प्रादेशिक अस्पताल ल्याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा उनको श्रीमान् साइकल चालक ४० वर्षीय सबु महमद गम्भीर घाइते भएका छन् । उनलाई कलैया अस्पतालबाट वीरगन्जस्थित न्यूरो अस्पताल लगिएको छ ।

यसैगरी घटनामा ठक्कर दिने मोटरसाइकमा सवार दुवै जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक २५ वर्षीय अजय महतो र मोटरसाइकलमा सवार २२ वर्षीय विवेक महतो रहेका छन् । उनीहरुको पनि न्यूरो अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते तीनै जनाको अवस्था गम्भीर छ । सिम्रौनगढबाट कचोर्वातर्फ जाँदै गरेको बीआर०५एफ ०१४० नम्बरको मोटरसाइककले सोही दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्