जीतपुरसिमराको कार्यपालिका सदस्य निर्वाचनको नतिजा एमालेको पक्षमा


eShilalekh

१५ जेष्ठ २०७९, आईतवार २२:४७

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्य चयनका लागि आईतवार भएको निर्वाचनबाट नेकपा एमालेका आठै जना उम्मेदवार निर्वाचित भएका छन् । नगर सभा सदस्यले चयन गर्ने निर्वाचन प्रक्रियाबाट एमालेका सबै उम्मेदवार विजयी भएका हुन् ।

उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्यमा एमालेबाट दलित तथा अल्पसंख्यकतर्फ अर्जुन विक, प्रभावती देवी पासवान, प्रहलाद साह सोनार निर्वाचित भएका छन् । यसैगरी महिला सदस्यतर्फ पवित्रा माया कार्की, बुद्धकुमारी अधिकारी, मायादेवी चौधरी, रामपती थरुनी र सुकुमाया कुमारी निर्वाचित भएका छन् ।

निर्वाचित भएका विकले ६४, पासवानले ६५, सोनारले ६५ मत प्राप्त गरे । सोही पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार क्यामुदिन मिया मंसुरीले ५७, शिवजी प्रसाद साह सोनारले ५६ र मानबहादुर सुनारले ५६ मत प्राप्त गरेका छन् ।

यसैगरी महिला सदस्यतर्फबाट निर्वाचित कार्कीले ६६, अधिकारीले ६६, चौधरीले ६५, थरुनीले ६७ र कुमारीले ६७ मत प्राप्त गरेका थिए । सोही पदमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी चित्रकुमारी विकले ५३, विमलादेवी शर्माले ५३ र सिता देवी यादवले ५३ मत प्राप्त गरेका थिए भने माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी मनमाया घलेले ५६ र सुशिलादेवी थरुनीले ५८ मत प्राप्त गरेका छन् ।

नगर कार्यपालिका सदस्य चयनको निर्वाचनमा एमाले एक्लै उभिएको थियो भने अन्य सबै दलले तालमेल गरेर उम्मेदवारी दिएका थिए । बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट उपमहानगरपालिकाको नगर सभामा एमालेबाट ६९, कांग्रेसबाट २४, माओवादीबाट १९, लोसपाबाट ६ र एकिकृत समाजवादीबाट ४ गरी एक सय २२ सदस्य निर्वाचित भएका थिए । उक्त निर्वाचनबाट निर्वाचित सदस्यले कार्यपालिका सदस्य चयनका लागि मतदान गरेका थिए ।

जीतपुरसिमराको कार्यपालिकामा एमालेको २२, अन्य दलको १२

आठ जना कार्यपालिका सदस्य निर्वाचित भएसंगै जीतपुरसिमरा उपमहानगरपालिकाको ३४ सदस्यीय नगर कार्यपालिकामा एमालेका २२ जनाले प्रतिनिधित्व गर्ने भएका छन् ।

उपप्रमुख भोलाप्रसाद अधिकारीसहित १३ वटा वडाबाट निर्वाचित वडाध्यक्ष र नव निर्वाचित आठ जना कार्यपालिका सदस्यको हैसियतमा रहनेछन् । यता नेकपा माओवादी केन्द्रबाट प्रमुख राजन पौडेलसहित पाँच, नेपाली कांग्रेसबाट पाँच, लोसपा र एकिकृत समाजवादीबाट एक-एक जनाले कार्यपालिकामा प्रतिनिधित्व गर्नेछन् ।

यसैगरी कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएसंगै उपमहानगरपालिकाको नगर सभामा एमालेको संख्या ७२ पुगेको छ । दलित तथा अल्पसंख्यकबाट निर्वाचित भएका तीन जना स्वतः नगर सभाको सदस्य हुनेछन् ।

नगर सभामा कांग्रेसको २४, माओवादीको १९, लोसपाको ६ र एकिकृत समाजवालीको ४ जना रहनेछन् । निर्वाचनको प्रक्रिया पूरा भएसंगै उपमहानगरपालिकाको नगर सभा र कार्यपालिकामा एमालेले स्पष्ट बहुमत हात पारेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको २४ वटा वडामा निर्वाचित वडाध्यक्षः

वडा नं. १ः हिराबहादुर गुरुङ (नेपाली कांग्रेस)
वडा नं. २ः धनबहादुर श्रेष्ठ (नेकपा एमाले)
वडा नं. ३ः ताराबहादुर कार्की (नेकपा एमाले)
वडा नं. ४ः भोजबहादुर खत्री (नेकपा माओवादी केन्द्र)
वडा नं. ५ः दीपेन्द्र चौधरी (नेपाली कांग्रेस)
वडा नं. ६ः कैमुदिन अंसारी (नेकपा एमाले)
वडा नं. ७ः सुनिल गुप्ता (नेकपा एमाले)
वडा नं. ८ः शिवशंकर महतो कोईरी (नेकपा एमाले)
वडा नं. ९ः मोतिलाल राउत अहिर (लोकतान्त्रिक समाजवादी पार्टी)
वडा नं. १०ः संजय पटेल (नेकपा एकिकृत समाजवादी)
वडा नं. ११ः विन्दालाल साह (नेकपा माओवादी केन्द्र)
वडा नं. १२ः श्यामबाबु खाँ (नेकपा एमाले)
वडा नं. १३ः हेमनारायण चौधरी (नेकपा एमाले)

वडा नं. १४ः चयन गुरुङ (नेकपा एमाले)
वडा नं. १५ः रामप्रसाद लामिछाने (नेकपा माओवादी केन्द्र)
वडा नं. १६ः हरिदेव खरेल (नेकपा एमाले)
वडा नं. १७ः भिमबहादुर गंतान (नेकपा एमाले)
वडा नं. १८ चर्तुरवावु वाग्ले (नेपाली कांग्रेस)
वडा नं. १९ः दीपेन्द्रकुमार क्षेत्री (नेकपा माओवादी केन्द्र)
वडा नं. २०ः रसुल मिया अंसारी (नेकपा एमाले)
वडा नं. २१ः सुवास श्रेष्ठ (नेकपा एमाले)
वडा नं. २२ः शेखर काजी रुम्बा (नेपाली कांग्रेस)
वडा नं. २३ मुस्तकिम अंसारी (नेकपा एमाले)
वडा नं. २४ः सुलतान अंसारी (नेपाली कांग्रेस)

प्रतिक्रिया दिनुहोस्