कोल्हबीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु


eShilalekh

२२ कार्तिक २०८३, आईतवार ०८:३८

सिमरा: बाराको कोल्हबीमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा कोल्हबी नगरपालिका-२ का २८ वर्षीय अमित मोक्तान रहेका छन् ।

दुर्घटनालगतै मोक्तानलाई नारायणी अस्पताल लगिएको र चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार कोल्हबी-२ का २४ वर्षीय मनिष तामाङ र २५ वर्षीय मनोज लामा घाइते भएका छन् । घाइतेको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ । 

तामागढी-कोल्हबी सडकखण्ड अन्तर्गत कोल्हबी-२ स्थित न्यौपाने टोलमा  म.प्र.०३-०३३ प ४८६४ नम्बरको मोटरसाइकल दुर्घटना भएको बाराका प्रहरी प्रवक्ता मिनबहादुर घलेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्