निर्वाचन अभ्यास गर्दै विद्यार्थीले चयन गरे अतिरिक्त क्रियाकलाप समिति


eShilalekh

३० जेष्ठ २०७९, सोमबार १०:२१

सिमराः बाराको पथलैयामा रहेको होलि गार्डेङ ईङलिस स्कुलका विद्यार्थीले निर्वाचन प्रक्रियाको अभ्यास गर्दै अतिरिक्त क्रियाकलाप समिति चयन गरेका छन् ।

विद्यालयमा हुने अतिरिक्त क्रियकलापका लागि विद्यार्थीले होलि स्टार किड्स क्लबको नयाँ नेतृत्व चयन गरेका हुन् । क्लबको आठौं अधिवेशनसंगै भएको मतदानबाट प्रक्रियाबाट विद्यार्थीले ११ सदस्यीय समिति चयन गरेका हुन् ।

क्लबको अध्यक्षमा प्रयोग्शा लामा, उपाध्यक्ष उपासना लामा, सचिव अक्षा लामा, सहसचिव काब्य थापा कोषाध्यक्ष छुमक डिमडुङ रहेका छन् । यसैगरी सदस्यमा दिक्षा ढुंगाना, एन्जल लामा, कृषिका राना, सुजल थापा, ईभान लामा र शिसाङ लामा रहेका छन् ।

निर्वाचनको अभ्यास गराउन विद्यालयले विद्यार्थीलाई चार वटा समुह बनाएर नमुना निर्वाचन गरेको थियो । निर्वाचनपछि होलि किड्स क्लबमा निर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यलाई विद्यालयका प्रिन्सिपल भुवन राईले सपथ ग्रहण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्