छठघाट रुङ्न बसेका पुरुषको शंकास्पद मृत्यु, अनुसन्धानका लागि एक जना पक्राउ


eShilalekh

३० कार्तिक २०८३, सोमबार १३:२३

सिमराः धनुषाको शहीदनगर नगरपालिका-२ मतौनास्थित धनी पोखरीमा छठघाट रुङ्न बसेका ६० वर्षीय रामजतन यादव सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् । आइतबार रातिदेखि छठघाट रुङ्न बसेका यादव बिहान ६ बजे मृत फेला परेका हुन् ।

मृतकको दाहिने गालामा मुखदेखि कानको लोतीसम्म धारिलो हतियारले काटेको जस्तो गम्भीर चोट देखिएको छ भने घटनास्थल नजिकैको पानीमा परालको कुटी काट्ने दाउसमेत फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी ओमप्रकाश खनालका अनुसार प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव परीक्षणका लागि प्रादेशिक अस्पताल पठाइसकेको छ ।

प्रारम्भिक अवस्था हेर्दा घटना शंकास्पद देखिएको छ । घटनाको थप अनुसन्धानका लागि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्