धनुषामा कटुवा पेस्तोल र गोलीसहित एक महिला पक्राउ


eShilalekh

६ मंसिर २०८३, आईतवार १४:३४

धनुषा: धनुषामा कटुवा पेस्तोल र गोलीसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका-५ निर्धना टोलकी अन्दाजी ४० वर्षीया गंगावती महतो रहेकी छन् ।

इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरी टोलीले सूचनाको आधारमा धनुषाधाम नगरपालिका-४ गौरीपुर टोलबाट ती महिलालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनले कम्मरमा बाँधी लुकाइछिपाई लैजाँदै गरेको अवस्थामा कटुवा पेस्तोल एक थान र सोको गोली एक राउण्ड फेला फेला परेको थियो।

पक्राउ परेकी महतोमाथी आवश्यक कानुनी कारबाही अघि बढाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्