मोटरसाईकल एकआपसमा ठोक्किदा एकको मृत्यु


eShilalekh

७ असार २०७९, मंगलवार १८:३६

सिमराः दुई मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मंगलवार बारामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य चार घाईते भएका छन् ।

कलैया उपमहानगरपालिका २७ स्थित बिजुलपुरबाट कलैयातर्फ आउदै गरेको ना२८प नम्बरको र विपरित दिशाबाट जाँदै गरेको ना३४प ७९२२ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किदा करैयामाई गाँउपालिका १ का २२ वर्षिय तबरेज आलमको मृत्यु भएको हो ।

दुर्घटनामा घाईते भएका उनको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको बाराका प्रहरी प्रवक्त डिएसपी राजेश थापाले जानकारी दिए । दुर्घटनामा सोही ठाँउका २५ वर्षिय नसरुदिन अंसारी, भारत मोतिहारी पतही बस्ने ३५ वर्षिय सुरेश साह, उनकी श्रीमती ३२ वर्षिया सविता देवी र २२ वर्षिय रामप्रवेश साह घाईते भएका छन् ।

घाईतेमध्ये अंसारी र सविता देवीको अवस्था गम्भिर रहेको छ । उनिहरुको हाल वीरगन्जस्थित वयोधा अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्