निजगढका विद्यालय आज र भोली बन्द रहने


eShilalekh

१६ असार २०७९, बिहीबार ०८:५४

सिमराः निजगढ नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय विहिवार र शुक्रवार बन्द रहने भएका छन् ।

निरन्तरको बर्षाका कारण निजगढ नगरपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालयलाई विदा दिएको हो । अत्यधिक वर्षाका कारण सम्भावित जोखिम र विद्यार्थीलाई आवतजावतमा समस्या हुने देखेपनि नगरपालिकाले बुधवार सूचना जारी गर्दै दुई दिन विद्यालयमा विदा दिन निर्देशन दिएको थियो ।

जल तथा मौसम विभागको मौसम सम्बन्धी पूर्वानुमान महाशाखाले थप पानी पर्ने जनाएपछि नगरपालिकाले वर्षे विदाबाट मिलान हुने गरी विदा दिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले निरन्तरको वर्षाका कारण पठनपाठन प्रभावित हुने भएपछि विद्यालय विदा गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्