चट्याङ लागेर बारामा एकको मृत्यु, दुई घाइते


eShilalekh

१७ असार २०७९, शुक्रबार १६:२२

सिमरा: चट्याङ लागेर बाराको सुवर्ण गाँउपालिका ७ समफुलवामा शुक्रबार एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लाग्दा २० वर्षीय धिरजप्रसाद यादवको मृत्यु भएको हो । यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर सोही ठाँउमा २८ वर्षीय नेतालाल पण्डित र भरोस यादवकी ८ वर्षीया छोरी रुबिकुमारी घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्