विद्यार्थीले गरे धान रोपाइँको अभ्यास


eShilalekh

१८ असार २०७९, शनिबार ०८:१२

सिमराः पथलैयास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीले धान रोपाइँको अभ्यास गरेका छन् । विद्यालयमा अध्ययनरत कक्षा ६,७ र ८ का विद्यार्थीले रोपाइँको अभ्यास गरेका हुन् ।

विद्यालयका शिक्षकसहित जीतपुरसिमरा उपमहानगरपालिका ४ स्थित खेतमा पुगेर विद्यार्थीले धान रोपाइँ गरेका थिए । विद्यार्थीलाई धान रोपाइँ सम्बन्धी ज्ञान दिने उदेश्यले विद्यालयले अभ्यास गराएको हो ।

असार १५ गते का लागि तय भएको कार्यक्रम बर्षाका कारण स्थगित भएको र बर्षा हुन छाडेपछि गरिएको विद्यालयले जनाएको छ । पथलैयास्थित विद्यालयले विद्यार्थीहरुका लागि विभिन्न रचनात्मक गतिविधि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्