एमाले निकट अनेरास्ववियुको निजगढ नगर कमिटी गठन


eShilalekh

१८ असार २०७९, शनिबार २०:५०

सिमराः नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन निजगढ नगर कमिटीको प्रथम नगर अधिवेशन शनिवार सम्पन्न भएको छ ।

अधिवेशनले विवस तिमिल्सिनाको अध्यक्षतामा ३९ सदस्यीय नगर कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा सतल सिंह बोम्जन, सचिव ईश्वरी तिमल्सिना, सहसचिव विशाल काफ्ले, मिना कटुवाल, रिमा गौतम, कोषाध्यक्ष कृतिका धिताललगायत रहेका छन् ।

अधिवेशनको नेकपा एमाले पोलिटव्यरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेलले उद्घाटन गरेका थिए । अधिवेशनको उद्घाटन कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ, एमाले प्रदेश कमिटी सदस्य एकबहादुर श्रेष्ठ, सुदर्शन कोईराला, अनेरास्ववियु स्थायी कमिटी सदस्य एवम् मधेस प्रदेश अध्यक्ष अन्जना शिवाकोटी, केन्द्रीय सचिवालय सदस्य त्रिलोक विक्रम शाह, केन्द्रीय सदस्य मनिष प्याकुरेल, जिल्ला सदस्य सरोज खनाललगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा एमालेबाट निजगढ नगरपालिकाको नगर प्रमुख, उपप्रमुख र वडाध्यक्ष निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।

नव गठित नगर कमिटीको नामावलीः

प्रतिक्रिया दिनुहोस्