लोसपा बाराद्धारा प्रधानमन्त्रीलाई ज्ञापन, १३ सुत्रीय माग


eShilalekh

२८ असार २०७९, मंगलवार ०७:४२

सिमराः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाराले विभिन्न १३ सुत्रीय माग राखेर बाराका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझाएको छ ।

लोसपा बाराका अध्यक्ष नवलकिशोर सिंहको नेतृत्वमा पुगेको लोसपाका नेताकार्यकर्ताले प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाललाई ज्ञापनपत्र बुझाएका हुन् ।

जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउदै लोसपाले नागरिकता सम्बन्धि अन्यौलता, मधेस आन्दोलनमा लगाइएको झुठा मुद्धा, रेशम चौधरीको रिहाई, कृषकलाई राहतलगायत विभिन्न १३ बुँदे माग राखेको छ ।

केन्द्रीय कार्यक्रम अन्तर्गत लोसपा बाराले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउन लोसपाका जिल्ला, नगर स्तरका नेताको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्