अनेरास्ववियु बाराको अध्यक्षमा खनाल, २३ सदस्यीय समिति चयन


eShilalekh

३२ असार २०७९, शनिबार २१:५९

सिमराः नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाराको अध्यक्षमा सम्राट खनाल ‘सरोज’ चयन भएका छन् । अनेरास्ववियुको शनिवार सिमरामा सम्पन्न २३औं अधिवेशनले खनालको नेतृत्वमा २३ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा शंकर यादव, सचिव हरि लामा, सहसचिव निर्जल घिमिरे, बिनिसा अधिकारी, संगिता गौतम र कोषाध्यक्ष मुन्ना तिवारी रहेका छन् । यसैगरी समितिको सदस्यमा समिर लुईटेल, विज्ञान चापागाई, राजा साह, खुशी चौरसिया, पुजा भट्टराई, अविरल अधिकारी, रंजना सिंह, महमद अजरुद्धिन अंसारी, सागरकुमार कुर्मी, बिशाल यादव, नवराज दहाल, याशिर अहमद, रोशनकुमार मण्डल, दीपक चौधरी, पार्वती दहाल र कृतिका श्रेष्ठ चयन भएका छन् ।

अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष सुनिता बरालको उपस्थितीमा जिल्ला समिति गठन भएको हो । यसअघि अधिवेशनको उद्घाटन बरालले गरेकी थिईन् । कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेल, पोलिटव्युरो सदस्य अच्युत मैनाली, ज्वालाकुमारी साह, जीतपुरसिमरा उपमहानगरपालिका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, निजगढ नगरपालिका प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ, एमाले नेता मनोज पौडेल, ढुण्डिराज उप्रेती, अनेरास्ववियु मधेस प्रदेश अध्यक्ष अन्जना शिवाकोटी सहसंयोजक त्रिलोक विक्रम शाहलगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा अनेरास्ववियुका पूर्व जिल्ला अध्यक्षलाई सम्मान गरिएको थियो । अनेरास्ववियुका जिल्ला संयोजक श्यामकृष्ण घिमिरेको अध्यक्षतामा अधिवेशनको उदघाटन सत्र सम्पन्न भएको थियो । अधिवेशनको बन्दसत्रमा संगठनको प्रतिवेदन पारित गर्दै नयाँ चयन नेतृत्व चयन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्