पथलैया यु२० कप फूटवलः दिब्यज्योती क्लब बिजयी


eShilalekh

२३ श्रावण २०७९, सोमबार ०८:४२

सिमराः सहआयोजक दिब्य ज्योती युवा क्लबले पथलैयामा जारी प्रथम पथलैया यु२० फूटवल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

पथलैयामा आईतवार भएको खेलमा दिब्यज्योतीले बाँसबारी फूटवल क्लब क्लबलाई सडन डेथमा पराजित गरेको हो । जितसंगै दिब्यज्योती प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमा दुबै टिमले गोलरहित बराबरी खेलेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा समेत ४-४ को बराबरी भएपछि नतिजा सडन डेथबाट निकालिएको हो । खेलको म्यान अफ दि म्याच दिब्य ज्योतीका रोहन थिङ घोषित भए ।

प्रतियोगिता अन्तर्गत सोमबार न्यु जन जागृति युवा क्लब निजगढ र रामवन टाडी युथ क्लबबीच खेल हुनेछ ।

युवा जागरण क्लब र दिब्यज्योजी युवा क्लबको संयुक्त आयोजनामा संचालन भईरहेको प्रतियोगितामा जिल्लाका १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ३० हजार र उपबिजेताले २० हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्