जीतपुरबाट १२ किलो गाँजासहित दुई पक्राउ


eShilalekh

५ भाद्र २०७९, आईतवार २०:४९

सिमराः ईलाका प्रहरी कार्यालय जीतपुरको प्रहरी टोलीले १२ किलो लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

जीतपुरस्थित टेडा रोडबाट प्रहरीले चितवनका २६ वर्षिय रामकुमार प्रजा र १८ वर्षिय युवराज प्रजालाई पक्राउ गरेको हो ।

जीतपुरबाट पर्साको मिलनचोकतर्फ जादै गरेका उनिहरुलाई प्रहरीले सूचनाको आधारमा चेकजाँच गर्दै नियन्त्रणमा लिएको हो । प्रतिबन्धित गाँजा ओसारपसार भईरहेको सूचना पाएको प्रहरीले चेकजाँच गर्ने क्रममा दुबैले बोकेको ब्यागबाट ६÷६ किलो गरी १२ किलो गाँजा बरामद गरेको हो ।

प्रहरीका अनुसार उनिहरु लामो समयदेखी गाँजा ओसारपसारमा संलग्न रहदै आएका छन् । प्रारम्भिक बयान अनुसार मकवानपुरबाट गाँजा लिएर उनिहरु जीतपुर हुँदै पर्साको ग्रामिण बस्तीसम्म जाने गरेको प्रहरीको भनाई छ ।

पक्राउ परेका दुबैलाई कारवाहीका लागि नियन्त्रणमा राखिएको र थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्