कोल्हबीका उप्रेती वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा नियुक्त


eShilalekh

७ भाद्र २०७९, मंगलवार १२:२९

सिमराः सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा बारा कोल्हबीका डा. द्वारिका उप्रेतीलाई नियुक्त गरेको छ । मन्त्रीपरिषदको बैठकले कोल्हबी ५ का उप्रेतीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यकारी निर्देशक नियुक्तिका लागि सिफारिस गरेका तीन जनामध्येबाट उप्रेतीलाई नियुक्त गर्ने निर्णय मन्त्रीपरिषदले गरेको हो । उप्रेतीसँगै युवराज बस्नेत र निर्मलकुमार उप्रेतीको नाम सिफारिस गरिएको थियो ।

कार्यकारी निर्देशकका लागि मन्त्रालयले गरेको आवहानमा दरखास्त दिएकामध्ये ६ जनाको निवेदन स्विकृत भएको थियो । स्विकृतमध्ये तीन जनाको नाम छनौट गरी सिफारिस गरिएको थियो ।

बोर्डको अध्यक्षमा नियुक्त भएका उप्रेती नेपाल खेलकुद महासंघको सचिवालय सदस्य एवम् मधेस प्रदेश ईन्चार्ज समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्