अनेमसंघको नगर भेला तथा तीज विशेष कार्यक्रम सम्पन्न


eShilalekh

९ भाद्र २०७९, बिहीबार २२:२१

सिमराः नेकपा एमाले निकट अखिल नेपाल महिला संघ कलैया नगर कमिटीको आयोजनामा विहिवार नगर भेला तथा तीज विशेष कार्यक्रम भएको छ ।

कलैयास्थित एमाले पार्टी कार्यालयमा आयोजित भेलाले प्रतिमा यादवको संयोजकत्वमा ३५ सदस्यीय नगर कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा ईला पौडेल, सचिव अनिता रेग्मी, कोषाध्यक्ष ललितादेवीलगायत रहेका छन् ।

जिल्ला कमिटी सदस्य यादवको अध्यक्षता र अनेमसंघकी केन्द्रीय सचिवालय सदस्य टिना सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् बारा ईन्चार्ज बलबिर चौधरी, कलैया उपमहानगरपालिकाकी नगर उपप्रमुख रौशन परवीन, शर्मा बैठा, भवानी दुलाल, रमावती देवी कुशवाहा, मिश्रा खरेललगायतको उपस्थिती रहेको थियो ।

नगर कमिटी गठनपछि सहभागीले दर खादै नाँचगान गरेर तीज विशेष कार्यक्रम मनाएका थिए । कार्यक्रममा नगर भित्रका एक सय भन्दा बढी महिलाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्