गायिका रचना रिमाल सिमरा आँउदै


eShilalekh

१० भाद्र २०७९, शुक्रबार १९:२९

सिमराः गायिका रचना रिमालसहित कलाकारको टोली शनिवार सिमरा आउन लागेका छन् । नवौं वार्षिकोत्सवको अवसरमा रेडियो समर्पणले शनिवार आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिन गायिका रिमालसहित कलाकारको टोली सिमरा आउन लागेका हुन् ।

सिमरास्थित बिजनेस सेन्टरमा साझ ५ बजे सुरु हुने कार्यक्रममा रिमालसहित कलाकार प्रभात लामा, लोकगायक प्रदीप त्रिपाठी, बिकास पाण्डे, दि इनफेरियर ब्याण्ड, डान्स यु स्टुडियोलगायते सांगीतिक प्रस्तुति दिनेछन् ।

वार्षिकोत्सवको अवसरमा रेडियोले सांगीतिक कार्यक्रमसहित समर्पण सम्मान र तीज गित नृत्य प्रतियोगिता आयोजना गर्न लागेको प्रवन्ध निर्देशक प्रदीप गौतमले जानकारी दिएका छन् । विविध क्षेत्रमा सक्रिय रहि सामाजिक योगदान पुर्‍याउने ९ जनालाई कार्यक्रममा सम्मान गरिने गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्