न्याय सम्पादन सहज बनाउन कलैयामा अभिमुखीकरण कार्यक्रम


eShilalekh

१० भाद्र २०७९, शुक्रबार २०:३७

सिमराः न्याय सम्पादनलाई प्रभावकारी बनाउन कलैया उपमहानगरपालिकाको आयोजनामा तीन दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । जनप्रतिनिधिलाई लक्षित गर्दै उपमहानगरपालिको कार्यालयले कार्यक्रमको आयोजना गरेको हो ।

कलैयास्थित होटल करण प्यालेसमा आयोजित कार्यक्रममा कलैयामा उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधि सहभागी रहेका छन् । सहभागीलाई सर्वोच्च अदालतका पूर्वन्यायाधीस अलिअकवर मिकरानी, नारायणप्रसाद पोखरेल, शम्भुबहादुर खड्का र टोपबहादुर सिंहले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

कार्यक्रममा स्थानीय तहबाट हुने न्याय सम्पादनलाई सहज बनाउन जनप्रतिनिधिको भूमिका, अधिकारलगायतको विषयमा जानकारी गराईने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले जानकारी दिए ।

कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र साह, जिल्ला अदालतका मुख्य न्यायाधीस पुणेश्वरप्रसाद उपाध्याय, बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, उपप्रमुख रौशन परवीनलगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन उपमहानगरपालिकाका कानुन अधिकृत कमल पोखरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्