वर्षाका कारण रचना रिमालको सांगीतिक कार्यक्रम स्थगित, आईतवार हुने


eShilalekh

११ भाद्र २०७९, शनिबार १९:५१

सिमराः वर्षाका कारण गायिका रचना रिमालसहितका कलाकारले प्रस्तुति दिने सांगीतिक कार्यक्रम स्थगित भएको छ । नवौं वार्षिकोत्सवको अवसरमा रेडियो समर्पणले सिमरामा आयोजना गर्न लागेको कार्यक्रम वर्षाका कारण स्थगित भएको हो ।

सिमरास्थित बिजनेस सेन्टरमा हुने भनिएको कार्यक्रम वर्षाका कारण स्थगित भएको रेडियोका प्रवन्ध निर्देशक प्रदीप गौतमले जानकारी दिए । स्थगित कार्यक्रम आईतवार साझ आयोजना गरिने गौतमले बताए ।

कार्यक्रममा रिमालसहित कलाकार प्रभात लामा, लोकगायक प्रदीप त्रिपाठी, बिकास पाण्डे, दि इनफेरियर ब्याण्ड, डान्स यु स्टुडियोलगायते सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको थियो ।

वार्षिकोत्सवको अवसरमा रेडियोले सांगीतिक कार्यक्रमसहित समर्पण सम्मान र तीज गित नृत्य प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्