जीतपुरमा मोटरसाईकल दुर्घटनाः एकको मृत्यु, दुई घाईते


eShilalekh

११ भाद्र २०७९, शनिबार २०:२३

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरमा शनिवार साँझ दुई मोटरसाईकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।

जीतपुरस्थित रातोपुल नजिक सिमराबाट जादै गरेको बा७१प २९७ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको नम्बर नखुलेको अर्को मोटरसाईकल एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी एक बृद्ध मानिसको मृत्यु भएको छ । उनको पहिचान खुल्न सकेको छैन् । दुर्घटनामा परि गम्भिर घाईते उनको सिमरास्थित अल्पाईन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको शव वीरगन्ज पठाइएको छ ।

दुर्घटनामा पर्सा जिराभवानीपुर १ का २० वर्षिय मनिषलाल महतो थारु र पर्सागढी ८ का १५ वर्षीय संजीव राउत घाईते भएका छन् । उनिहरुको अवस्था सामान्य रहेको छ । उनिहरुको अल्पाईन अस्पतालमा उपचार भईरहेको छ ।

दुर्घटनालगत्तै बृद्ध सवार मोटरसाईकलका चालक मोटरसाईकल लिएर फरार भएका छन् । दुर्घटनास्थलबाट जीतपुरस्थित सशस्त्र प्रहरीको टोलीले तीन जना घाईतेलाई उद्धार गरी अस्पताल ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्