पर्सा राष्ट्रिय निकुञ्जको प्रमुखमा डा.राम


eShilalekh

११ भाद्र २०७९, शनिबार २१:००

सिमराः वन तथा वातारण मन्त्रालयले डा. अशोक रामलाई पर्सा राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत तोकेको छ । हात्ती विशेषज्ञ डा. रामलाई मन्त्रालयले प्रमुख संरक्षण अधिकृत तोकेको हो ।

डा. रामले हात्तीको विषयमा विद्यावारिधी (पिएचडी) गरेका छन् । यसअघिका प्रमुख संरक्षण अधिकृत मनोज साहको विभागमा सरुवा भएपछि मन्त्रालयले उनको स्थानमा रामलाई पठाएको हो ।

डा. रामले यसअघि पर्सा राष्ट्रिय निकुञ्जमा सहायक संरक्षण अधिकृतको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । यसअघि उनि कोशीटप्पु वन्यजन्तु आरक्षको प्रमुख संरक्षण अधिकृत समेत थिए ।

प्रतिक्रिया दिनुहोस्