एकिकृत समाजवादी छोडेर प्रदेश कमिटी सदस्य तिमिल्सिना एमाले फर्किए


eShilalekh

११ भाद्र २०७९, शनिबार २१:२६

सिमराः नेकपा एकिकृत समाजवादीका मदेश प्रदेश कमिटी सदस्य पूर्णचन्द्र तिमिल्सिना पुनः एमाले फर्किएका छन् । काठमाण्डौको एभरेष्ट होटलमा आयोजित कार्यक्रमकाबीच बारा जीतपुरसिमरा ४ का तिमिल्सिना एमाले फर्किएका हुन् ।

समाजवादी छाडेर एमाले फर्किएका तिमिल्सिनासहितका कार्यकर्तालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका थिए । तिमिल्सिना एकिकृत समाजवादीको जिल्ला सचिवालय सदस्य, नगरको उपाध्यक्ष र वडा कमिटीको अध्यक्ष समेत हुन् ।

एमाले फुटेर माधव नेपालको नेतृत्वमा एकिकृत समाजवादी गठन भएपछि तिमिल्सिना समाजवादीतर्फ लागेका थिए । स्थानीय तह निर्वाचनमा उनले समाजवादीबाट वडाध्यक्ष पदमा उम्मेदवारी समेत दिएका थिए ।

पार्टी प्रवेश कार्यक्रममा बाराबाट एमाले पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री पुरुषोत्तम पौडेल, पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री ज्वाला साह, केन्द्रीय सदस्य एवम् बारा सहईन्चार्ज सरस्वती चौधरीलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्