किराँत राईको यायोख्खाको जिल्ला अधिवेशन सम्पन्न


eShilalekh

११ भाद्र २०७९, शनिबार २१:४१

सिमराः किराँत राई यायोख्खा बाराको पाचौं जिल्ला अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशनले सुरेशकुमार राईको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा पुष्पा राई, सचिव हेमराज राई, कोषाध्यक्ष मोना राई सुब्बालगायत रहेका छन् ।

किराँत राई यायोख्खाका केन्द्रीय उपमहासचिव भिम राईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा एकिकृत समाजवादीका केन्द्रीय सदस्य दिनेश राई, आदिवासी जनजाती महासंघका प्रदेश उपाध्यक्ष भुवन राई, जिल्ला अध्यक्ष रामदास धौजु, पत्रकार जगत राईलगायतले मन्तब्य राखेका थिए ।

यायोख्खाका अध्यक्ष सुरेश राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रविन राईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्