कोल्हबी नगरपालिकामा नेपाल बुद्धिजीवी परिषद गठन


eShilalekh

११ भाद्र २०७९, शनिबार २२:०५

सिमराः नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषद कोल्हबी नगर कमिटीको भेला शनिवार सम्पन्न भएको छ । भेलाले प्रेमबहादुर गौतमको अध्यक्षतामा २५ सदस्यीय नगर कमिटी गठन गरेको छ ।

कमिटीको उपाध्यक्षमा मुक्तिनारायण चौधरी, सचिव गजेन्द्रप्रसाद चौधरी, सहसचिव राधाकृष्ण चौधरी, नेत्र पौडेल र कोषाध्यक्ष बविता चौधरी चयन भएका छन् । यसैगरी कमिटीको सदस्यमा राजकिशोर चौधरी, दुर्योधन चौधरी, जिवन पोखरेल, रामचन्द्र चौधरी, नेत्रकुमारी भट्टराई, राजकुमार चौधरी रहेका छन् ।

यसैगरी लक्ष्मी चौधरी, रामकुमार चौधरी, प्रमेश चौधरी, हिरानन्द चौधरी, महेन्द्र चौधरी, उमेश चौधरी, कुलबहादुर खड्का, यदुनाथ चौधरी, बालमुकुन्द चौधरी, रमानाथ अधिकारी, रामप्रसाद चौधरी, गुरुप्रसाद चौधरी र दीपेन्द्र प्रसाद चौधरीलाई कमिटीको सदस्यमा चयन गरिएको छ । कमिटीले थप पाँच जना सदस्य मनोनित गर्नेछ ।

भेलामा एमाले मधेस प्रदेश कमिटी सदस्य एकबहादुर श्रेष्ठ, राधेश्याम सिवाकोटी, किशोर शर्मा, ढुण्डीराज उप्रेती, बाराकी उपाध्यक्ष टिना सुवेदीलगायत एमालेको प्रदेश, जिल्ला, नगर कमिटीका पदाधिकारी र सदस्यको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्