कक्षा १२ को परिक्षाफल आज प्रकाशित हुँदै


eShilalekh

१४ भाद्र २०७९, मंगलवार १३:०९

सिमराः राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षाफल मंगलवार (आज) प्रकाशित गर्ने भएको छ । बोर्डले जेठ १६ देखि २५ गतेसम्म सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गर्न लागेको हो ।

परिक्षाफल प्रकाशित गर्नका लागि तयारी र अन्तिम रुजु गर्ने काम भईरहेको बोर्डले जनाएको छ । परिक्षाफल प्रकाशनअघि तीन बजे बोर्डको बैठक बस्नेछ ।

यस वर्ष बाराबाट चार हजार एक सय ९४ जना परिक्षार्थीले कक्षा १२ को परिक्षाका लागि फारम भरेका थिए भने देशभरका एक हजार दुई सय ९२ परिक्षाकेन्द्रबाट ४ लाख १० हजार ५० जना विद्यार्थीले परिक्षा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्